ad ad

ग्लोबल


ओस्लो नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुईजना मारिए, कैयौँ घाइते

ओस्लो नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुईजना मारिए, कैयौँ घाइते

नेपालखबर
असार ११, २०७९ शनिबार १३:५२, काठमाडौँ

नर्वेको ओस्लोस्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । शनिबार बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीले बताएका छन् । 

आक्रमणको कारण स्पष्ट भइनसकेको तथा घटनाको छानबिन भइरहेको अधिकारीहरूले बताएका छन् ।  

बन्दुक हिंसाबाट अति प्रभावित संयुक्त राज्य अमेरिकाले त्यसलाई रोक्न सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी कानुन पारित गरेको भोलिपल्ट नर्वेमा उक्त घटना भएको हो । पछिल्लो समय अमेरिकामा बन्दुक हिंसा बढेपछि सिनेटले नयाँ कानुन पारित गरेको हो । 

टेक्सासको  उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुक हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि शुक्रबार १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा प्रस्तुत हुने क्रममा छ ।

३९ करोड अमेरिकीसँग बन्दुक रहेका तथा सन् २०२० मा मात्र बन्दुकसम्बन्धी हिंसामा परी ४५ हजारभन्दा बढी अमेरिकी नागरिकको मृत्यु भएको थियो । रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .