ग्लोबल


तीन दशकमा अफगानिस्तानमा गएका ठूला भूकम्प र क्षति

तीन दशकमा अफगानिस्तानमा गएका ठूला भूकम्प र क्षति

नेपालखबर
असार ९ , काठमाडौँ

पूर्वी अफगानिस्तानमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा एक हजार मानिसको मृत्यु भएको छ। उक्त प्राकृतिक विपत्तिका कारण अन्य सयौँ जना घाइते भएका छन्। 

करिब तीस वर्षमा भूकम्पका कारण अफगानिस्तानले हजारौँ व्यक्ति गुमाएको छ। १९९१ फेब्रुअरी १ मा गएको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी करिब १ हजार ५०० जनाको मृत्यु भएको थियो।

१९९१ फेब्रुअरी १ मा ६.९ रेक्टर स्केलको भूकम्पले अफगानिस्तान र छिमेकी पाकिस्तानको उत्तर–पूर्वमा भूकम्प गएको थियो। यो कम्पन उत्तरी भारत र ताजिकिस्तानमा पनि महसुस भएको थियो।

सन् १९९८ मा पनि अफगानिस्तानलाई दुईवटा ठूला भूकम्पले देशलाई हल्लाएका थिए। 

फेब्रुअरी महिनामा नै पहिलो भूकम्प गएको थियो। अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ५.९ रेक्टर स्केलको फेब्रुअरी ४ मा उत्तर–पूर्वी प्रान्त ताखारमा केन्द्र विन्दु रहेको उक्त भूकम्पमा परी ४ हजार ५०० व्यक्तिको मृत्यु भएको थियो। हजारौँ घरबारविहीन भएका थिए।

सोही वर्ष मे ३० मा गएको अर्को ६.६ रेक्टर स्केलको भूकम्प पनि ताखरलाई नै केन्द्रविन्दु बनाएर गएको थियो। भूकम्पको धक्काले सुदूर उत्तर–पूर्वी प्रान्त बदाखशन पनि प्रभावित भएको थियो। यसमा करिब ५ हजार व्यक्तिको मृत्यु भएको थियो। भूकम्पका कारण १ हजार ५०० जना घाइते भएका थिए र थुप्रै गाउँ ध्वस्त भएका थिए।

२००२ मार्च ३ मा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पले देशको उत्तरतर्फ धक्का दिएको थियो। सामांगन प्रान्तमा केन्द्रविन्दु रहेको उक्त भूकम्पमा परी १५० भन्दा बढीको मृत्यु भएको सरकारी तथ्याङ्क छ। 

त्यस्तै मार्च २५ मा आएको अर्को भूकम्पमा परी ८०० भन्दा बढी मानिसको ज्यान गएको थियो। हिन्द कुश रेन्जको फेदमा रहेको बागलान प्रान्तमा हजारौँ घरबारविहीन भएका थिए। भूकम्पमा परी २० हजार जनसङ्ख्या भएको नहरिन सहर पूरै ध्वस्त भएको थियो।

२०१२ जुन ११ मा ५.२ देखि ५.७ रेक्टर स्केलका तीनवटा भूकम्पमा परी ७५ जनाको मृत्यु भएको थियो र बागलान प्रान्तका थुप्रै घर ध्वस्त पारेको थियो। चार जनाबाहेक सबै मुल्ला जन गाउँका रहेका थिए र उनीहरूले भूकम्पपछि गएको पहिरोमा पुरिएर ज्यान गुमाएका थिए। 

२०१५ अक्टोबर २६ मा, अफगानिस्तान–पाकिस्तान सीमासम्म फैलिएको हिन्द कुश रेन्जमा पछिल्ला केही दशकयता अफगानिस्तानमा गएको सबैभन्दा शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी ३८० जनाको मृत्यु भएको थियो। रासस/एएफपी

असार ९, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad