अफगानिस्तानमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा २८० जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीले ६.१ म्यग्निच्युडको उक्त भूकम्पमा परी मृत्यु हुनेको संख्या २८० नाघेको बताएको बीबीसीले उल्लेख गरेको छ।
स्थानीय सरकारका अधिकारीका अनुसार भूकम्पमा परी १५० भन्दा धेरै मानिसहरु घाइते भएका छन् ।
दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्रविन्दु बनाई गएको भूकम्पको धक्का पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको थियो। भारतको केही स्थानमा समेत उक्त भूकम्पको धक्का महसुस गरिएको थियो।
अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता बिलाल करिमीले सामाजिक सञ्जालमार्फत उक्त भूकम्पमा परी सयौं मानिसहरु घाइते भएको र दर्जनौं घरमा पनि क्षति पुगेको बताएका छन्। उनले सबै सहयोग एजेन्सीहरुलाई उद्धारमा जुट्न आग्रह गरेका छन्।
असार ८, २०७९, बुधबार
प्रतिक्रिया