ad ad

ग्लोबल


फ्रान्सका राष्ट्रपतिले गुमाए बहुमत,  विपक्षीसँग छलफल सुरु

फ्रान्सका राष्ट्रपतिले गुमाए बहुमत,  विपक्षीसँग छलफल सुरु

नेपालखबर
असार ८, २०७९ बुधबार ७:११, काठमाडौँ

संसदमा बहुमत गुमाउनु भएका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले विपक्षीसँग छलफल थालेका छन्।  

संसदीय निर्वाचनपछि आफ्नो बहुमत गुमेपछि उत्पन्न राजनीतिक संकट समाधानको लागि उनले विपक्षीसँग छलफल सुरु गरेका हुन्। 

उनले सोसलिस्ट र कम्युनिष्ट पार्टीका शीर्ष नेतालाई भेटेर राजनीतिक निकासका लागि विभिन्न प्रस्ताव राखेका हुन्। 

राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिनापछि उनले संसदमा बहुमत गुमाएका हुन्। अब देशको राजनीति नयाँ मोडमा जाने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। 

सोमबार बिहान घोषणा गरिएको संसदीय निर्वाचनको नतिजाले फ्रान्सेली राजनीतिलाई उथलपुथल गरेको छ र कानुन र अव्यवस्थित गठबन्धन बारे प्रश्न खडा भएको टिप्पणी हुन लागेको छ। रासस/एएफपी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .