रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोवले अन्न निर्यातका लागि पहिले युक्रेनले आफ्ना बन्दरगाहबाट धराप हटाउनुपर्ने बताएका छन्।
रुसी आक्रमणका कारण अन्न निर्यात गर्न नसकिएको युक्रेनले बताइरहँदा रुसी विदेशमन्त्रीले त्यसका लागि युक्रेन नै जिम्मेवार रहेको दाबी गरेका हुन्।
युक्रेनको अन्न जहाजका माध्यमबाट निर्यात हुन नसक्दा विश्वभर भोकमरीको खतरा बढेको विभिन्न मुलुक र संस्थाहरुले बताएका छन्।
टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग अंकारामा भेटपछि पत्रकार सम्मेलनमा रुसले अन्न निर्यात गर्न दिने बाचा गरेको बताए।
‘यो समस्या समाधानका लागि युक्रेनले आफ्ना बन्दरगाहबाट माइन हटाउनुपर्छ। त्यसपछि मात्रै त्यो क्षेत्रमा जहाज जान सक्छ,’ लाभ्रोभले भने।
युक्रेनले काला सागरमा सयौँ बम राखेको रुसको आरोप छ। जसलाई युक्रेनले अस्वीकार गरेको छ।
लाभ्रोवले पश्चिमा मुलुकले भनेजस्तो यो युद्धले भोकमरी ननिम्त्याउने दाबी पनि गरे। युक्रेनले भने कब्जा गरिएको क्षेत्रबाट अन्न रुसले लगेको आरोप लगाएको छ। एजेन्सी
Shares
प्रतिक्रिया