ad ad

ग्लोबल


अमेरिकाको ओक्लाहोमामा अन्धाधुन्ध गोली आक्रमण, चारजनाको मृत्यु

अमेरिकाको ओक्लाहोमामा अन्धाधुन्ध गोली आक्रमण, चारजनाको मृत्यु

नेपालखबर
जेठ १९, २०७९ बिहिबार ८:३६, काठमाडौँ

अमेरिकाको ओक्लाहोमास्थित एक मेडिकल सेन्टरमा बुधबार अन्धाधुन्ध गोली आक्रमण हुँदा चारजनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार ओक्लाहोमाको टुल्सामा रहेको मेडिकल सेन्टरमा हतियारधारीले गरेको अन्धाधुन्ध आक्रमणमा धेरै मानिसहरु घाइते पनि भएका छन्।

प्रहरीले दिएको जानकारीअनुसार आक्रमणकारीले घटनापछि आत्महत्या गरेका छन्। प्रहरीका अनुसार आक्रमण भएको सूचना प्राप्त भएको तीन मिनेटमा  प्रहरी घटनास्थलमा पुगेको थियो। 

यसअघि गत साता अमेरिकाको टेक्सासमा भएको अन्धाधुन्ध गोली आक्रमणमा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो।

पछिल्लो समय अमेरिकामा हतियार नियन्त्रण गर्नुपर्ने आवाज उठिरहेको समयमा गोली आक्रमणका घटना पनि बढेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .