ad ad

ग्लोबल


युक्रेनका राष्ट्रपति र फिनल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता

युक्रेनका राष्ट्रपति र फिनल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता

नेपालखबर
जेठ १४, २०७९ शनिबार ७:८, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनबीच भेटवार्ता भएको छ। 

युक्रेन भ्रमणमा रहेकी मारिनले जेलेन्स्कीलाई युक्रेनको राजधानी कीभमा विहीबार भेटवार्ता गरेकी हुन्। 

भेटवार्ताका क्रममा उनीहरुले युरोपेली मुलुकहरूको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल गरेका थिए। 

राष्ट्रपति जेलेन्स्कीको सचिवालयले दिएको जानकारीअनुसार उनीहरूले युद्धपछि युक्रेनलाई चाहिएको सहयोग, त्यसका लागि आवश्यक कामका बारेमा कुराकानी गरेका थिए।  

सो अवसरमा आर्थिक, सुरक्षा र मानवीयतासम्बन्धी सहयोग उपलब्ध गराएकोमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले फिनल्याण्डका प्रधानमन्त्रीलाई धन्यवाद पनि दिएका थिए। रासस/सिन्ह्वा
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .