ad ad

ग्लोबल


भारतको बिहारमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

भारतको बिहारमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार ७:१५, काठमाडौँ

भारतको बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बताएका छन्।

उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ।

बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि ‘सुक्खा राज्य’ को रूपमा चर्चा गरिने गरिएको छ।

तर छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ।

मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको यकिन संख्या भने बताउन अस्वीकार गरेका छन्।

धेरै जसो पीडितले बान्ता हुने, पेट दुख्ने र कम दृश्यताको अनुभव गरेको  बताइएको छ।

‘छिमेकी राज्य झारखण्डबाट ल्याइएको  मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा बिक्री गरिएको’,  जी न्युजले उल्लेख गरेको छ।   

यसैबीच भारतको राष्ट्रिय मानव अधिकार आयोगले बिहारमा भएको सो घटनाबारे सरकारलाई नोटिस पठाएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .