विश्वको सबैभन्दा धनी व्यक्ति इलोन मस्कले आफूमाथि लागेको यौन दुव्र्यवहारको आरोपको अस्वीकार गरेका छन्।
६ वर्षअघि स्पेसएक्स कम्पनीमा उनले महिला कर्मचारीलाई इच्छाविपरीत छोएको तथा गुप्तांग देखाएको आरोप छ।
बिहीबार स्पेएक्सले यो मुद्दा मिलाउन २ लाख ५० हजार डलर तिरेको समाचार सार्वजनकि भएको थियो। सामाजिक सञ्जाल ट्वीटरमार्फत मस्कले भनेका छन्, ‘यो असभ्य आरोप पूर्णरुपमा गलत छ।’
उनले यस किसिमको समाचार राजनीतिकरुपमा प्रेरित भएर आएको बताएका छन्।
पछिल्लो समय आफ्नो ट्वीटर किन्ने सम्झौतालाई प्रभावित पार्न विभिन्न किसिमको चलखेल भइरहेको मस्कको आरोप छ।
यसअघि मस्कले आफूले आगामी दिनमा डेमोक्रेटिक पार्टीलाई नभई रिपब्लिकन पार्टीलाई मतदान गर्ने बताएका थिए।
855
Shares
प्रतिक्रिया