ad ad

ग्लोबल


अमेरिकी दाबी : युक्रेनमा लामो लडाइँको तयारी गर्दै रूस

अमेरिकी दाबी : युक्रेनमा लामो लडाइँको तयारी गर्दै रूस

नेपालखबर
बैशाख २७, २०७९ मंगलबार २२:३२, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो लडाइँको तयारीमा जुटेका छन्। 

अमेरिकाले एक चेतावनी दिँदै रुस युक्रेनको लडाइँ लामो समयसम्म लैजाने योजनामा रहेको दाबी गरेको छ। युक्रेनको पूर्वी इलाका डोनबासमा जीतका बावजुद रुसले रोकिने योजना बनाएको छैन।

अमेरिकामा नेशनल इन्टेलिजेन्सकी प्रमुख एभरिल ह्यान्सले सिनेटको सुनुवाइका क्रममा अबका केही महिना रुसले युक्रेनमाथिको हमलालाई अझै सशक्त बनाउने तयारी गरेको बताएकी छन्। 

उनले युद्धको वर्तमान अवस्था हेर्दा पुटिन अझै नाटकीय कदम चाल्न सक्ने सम्भावनाको पनि संकेत गरेकी छन्। 

ह्यान्सले चेतावनी दिँदै रूस ट्रान्सनिस्ट्रियाको टुटेको मोलडोभा इलाकालाई जोड्न एक कडीको खोजीमा रहेको पनि बताएकी छन्। पुटिन रुसमा मार्शल ल लागू गर्ने तयारीमा रहेको पनि उनले जिकिर गरेकी छन्। 

तर रुसले आफ्नो परमाणु हतियारको प्रयोग भने आफ्नो अस्तित्वमाथि खतरा आएमा मात्रै गर्ने योजनामा रहेको उनले बताइन्। 

उता युक्रेनले २४ फेब्रुअरीमा आक्रमण भएयता रुसका २६ हजार सैनिक मारिदिएको दाबी गरेको छ। युक्रेनका सेनाध्यक्षले यस्तो दाबी गरेका हुन्। 

युक्रेनी सेनाका अनुसार २६ हजार रूसी सैनिक मार्नुका साथै उसका ११ सय ७० ट्यांक, २८ सय ८ बख्तरबन्द गाडी, ५१९ आर्टिलरी सिस्टम, १८५ मल्टिपल लन्च रकेट सिस्टम र ८७ एन्टी एयक्राफ्ट वारफेयर सिस्टम  कब्जा गरिएको छ।

यसका अलावा १९९ लडाकु विमान, १५८ हेलिकोप्टर, १९८० गाडी र तेल ट्यांकर पनि बरामद भएका छन्।  

३८० ड्रोन, ९४ क्रुज मिसाइल र ४१ युनिट विशेष किसिमका उपकरण पनि बरामद भएको युक्रेनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .