ad ad

ग्लोबल


श्रीलङ्कामा हिंसाः सत्तारुढ दलका सांसदसहित दुई जनाको मृत्यु, १३९ घाइते

श्रीलङ्कामा हिंसाः सत्तारुढ दलका सांसदसहित दुई जनाको मृत्यु, १३९ घाइते

नेपालखबर
बैशाख २७, २०७९ मंगलबार ७:२७, काठमाडौँ

श्रीलङ्कामा भएको हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन्।

सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको पछि मृत्यु भएको प्रहरीले जनाएको छ।

सांसद्ले “त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको,” एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा भनेका छन्।

कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताइन्। रासस/एएफपी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .