ad ad

ग्लोबल


पश्चिमा मुलुकले नसोचेको परिणाम भोग्नुपर्ने रुसको चेतावनी

पश्चिमा मुलुकले नसोचेको परिणाम भोग्नुपर्ने रुसको चेतावनी

नेपालखबर
बैशाख ३, २०७९ शनिबार ८:३२, काठमाडौँ

रुसले युक्रेनलाई हतियार आपूर्ति गरिरहेको भन्दै अमेरिका तथा उसका सहयोगी मुलुकले अहिलेसम्म नसोचेको परिणामको सामना गर्नुपर्ने चेतावनी दिएको छ।

आधिकारिक कूटनीतिक नोट जारी गर्दै रुसले अमेरिका तथा उसका सहयोगी मुलुकलाई चेतावनी दिएको हो। 

अमेरिकी विदेशमन्त्रालयलाई रुसले पठाएको दुई पृष्ठको कूटनीतिक नोटमा अमेरिका र नेटोले युक्रेनलाई पठाइरहेको हतियारले युक्रेनमा जारी द्वन्द्वमा आगोमा घिउ थप्ने काम गरिरहेको उल्लेख गरिएको छ। यसले नसोचेको परिणाम निम्त्याउन सक्ने रुसले बताएको छ। 

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ८० करोड डलरबराबरको हतियार सहयोग गर्ने घोषणा गरेका थिए। त्यसकै जवाफमा रुसले अमेरिकालाई कूटनीतिक नोट पठाएको हो।

पहिलोपटक अमेरिकाले युक्रेनलाई लामो दुरीमा मार हान्न सक्ने अत्याधुनिक हतियार प्रदान गर्न लागेको हो। 

अमेरिकी अधिकारीले भने पछिल्लो समय नेटोले युक्रेनलाई दिइरहेको सहयोग प्रभावकारी बन्दै गएको रुसको पत्रले देखाएको बताएका छन्।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता अहिलेसम्म अमेरिकाले ३ अर्ब डलरभन्दा धेरैको हतियार युक्रेन पठाइसकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .