जर्मनीले तत्काल रुसी ग्यास आयातमा कटौती नहुने बताएको छ। रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा ग्यास आयातमा कटौती गर्नु प्रत्युत्पादक हुने जर्मनीको भनाइ छ।
जर्मनीका अर्थमन्त्री क्रिश्चियन लिन्डनरले सोमबार रूसी ग्यास आयातमा कटौती गर्नु युरोपेली संघ (ईयू)का लागि अहिले सम्भव नभएको बताएका छन्।
इन्धन कटौतीले रूसमा भन्दा धेरै क्षति युरोपलाई पुग्ने उनको भनाइ छ।
लक्जेमबर्गमा युरोक्षेत्रका समकक्षीहरूसँग वार्ताका लागि आएका लिन्डनरले भने, “हामीले रुससँग सबै आर्थिक सम्बन्ध कटौती गर्नुपर्छ। तर, अहिले ग्यास आपूर्ति कटौती गर्न सम्भव छैन। यसका लागि हामीलाई थप केही समय चाहिन्छ।” रासस/एएफपी
195
Shares
प्रतिक्रिया