ad ad

ग्लोबल


रुसले आक्रमण गर्न थालेपछि युक्रेनले माग्यो मोदीसँग गुहार

रुसले आक्रमण गर्न थालेपछि युक्रेनले माग्यो मोदीसँग गुहार

फाइल तस्बिर : भारतका लागि युक्रेनका राजदूत डा इगर पोलिखा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।


नेपालखबर
फागुन १२, २०७८ बिहिबार १६:४, काठमाडौँ

बिहीबार बिहानैदेखि रुसले आक्रमण गर्न थालेपछि भारतका लागि युक्रेनका राजदूत डा इगर पोलिखाले यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गुहार मागेका छन्। 

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै डा पोलिखाले प्रधानमन्त्री मोदी विश्वका सबैभन्दा सम्मानित र शक्तिशाली नेतामध्ये एक भएको उल्लेख गर्दै उक्त घटनामा हस्तक्षेप गर्न आग्रह गरेका हुन्। 

उनले भने, ‘यो अवसरमा मोदीजीले पुटिनलाई कुनै न कुनै रूपमा प्रभाव पार्ने प्रयास गर्नेछन् भन्ने अपेक्षा गरेका छौँ। साथै मोदीजीले युक्रेनको समर्थनमा कुनै वक्तव्य दिनुभयो वा प्रभावकारी रूपमा सहयोग गर्नुभयो भने युक्रेन आभारी हुनेछ।’

उनले थपे - हामी हाम्रा सबै मित्र राष्ट्रहरूसँग मद्दत खोजिरहेका छौं ताकि यो युद्ध रोक्न सकियोस्। युक्रेन एक शान्तिप्रेमी देश हो। उनीहरु लड्न तयार छन्। तर शान्ति नै उत्तम समाधान हो। हामी हाम्रा सबै साझेदारहरूलाई कुनै न कुनै रूपमा मद्दत गर्न अनुरोध गर्दछौं।

सम्बन्धित खबर–

युक्रेनी राष्ट्रपतिले नागरिकलाई भने– आऊ, हतियार लैजाऊ

५० रुसी सैनिक मारिएको युक्रेनको दाबी

रुस र युक्रेन : कसको सेना कति बलियो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .