ad ad

ग्लोबल


उत्तर कोरियाले गर्‍यो थप दुई मिसाइल परीक्षण

उत्तर कोरियाले गर्‍यो थप दुई मिसाइल परीक्षण

नेपालखबर
माघ १३, २०७८ बिहिबार १०:२२, काठमाडौँ

उत्तर कोरियाले छोटो दूरीको थप दुई मिसाइल परीक्षण गरेको छ।

दक्षिण कोरिया र जापानले बिहीबार दिएको जानकारीअनुसार उत्तर कोरियाले समुद्रमा उक्त दुई मिसाइल परीक्षण गरेको हो। 

उत्तर कोरियाले अमेरिकाबाट आफूलाई उत्पन्न जोखिमबाट बच्नको लागि भन्दै निरन्तर ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आइरहेको छ।

जनवरीमा मात्र उत्तर कोरियाले गरेको यो छौटौं मिसाइल परीक्षण हो। दक्षिण कोरियाले ज्वइन्ट चिफ्स अफ स्टाफले यो मिसाइल परीक्षणको घोषणा गरेको हो।

अल जाजिराका अनुसार यो मिसाइल उत्तर कोरियाको पूर्वी समुद्री सहर हामहुङबाट परीक्षण गरिएको हो।

उक्त मिसाइल करिब ११९ किलोमिटर टाढा खसेको समाचारमा उल्लेख छ।

दक्षिण कोरियाले आफूहरु उत्तर कोरियाको मिसाइल परीक्षणको विषयमा थप जानकारी हासिल गर्ने क्रममा रहेको उल्लेख गरेको छ। 

जापानका प्रधानमन्त्री फुमिओ किशिडाले यस विषयमा विस्तृत जानकारी उपलब्ध नभए पनि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण ‘अत्यन्त खेदजनक’ रहेको बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .