भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का २ लाख ८५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा कोरोना संक्रमणको कारण ६६५ जनाको मृत्यु भएको छ।
भारतको केरला, कर्नाटक, तामिलनाडु र महाराष्ट्रमा सबैभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
यससँगै भारतमा समग्र सक्रिय संक्रमितको संख्या पनि २२ लाख २३ हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा गरिएको समग्र कोरोना परीक्षणमध्ये १६.१६ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ।
36
Shares
प्रतिक्रिया