ad ad

ग्लोबल


मध्य एसियाका तीन देशको विद्युत् काटिँदा लाखौं मानिस प्रभावित

मध्य एसियाका तीन देशको विद्युत् काटिँदा लाखौं मानिस प्रभावित

नेपालखबर
माघ १२, २०७८ बुधबार ९:२१, काठमाडौँ

मध्य एसियाका तीन देशको केही सहरमा मंगलबार घण्टौंसम्म विद्युत् अवरुद्ध भएको छ।

कीर्तिस्तान, उज्वेकिस्तान र काजाखस्तानका धेरै क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको हो। 

एउटा साझा लाइन काटिएको कारण धेरै क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो।

विद्युत् अवरुद्ध हुँदा निकै लामो ट्राफिक जाम देखिएको थियो। हवाई सेवा पनि प्रभावित भएको थियो भने सार्वजनिक परिवहन सेवामा पनि यसको ठूलो असर देखिएको थियो। 

यी तीनै देशको विद्युत् आपूर्तिको लाइन जोडिएको छ। ग्रिड अपरेटर केईजीओसीका अनुसार आपतकालीन असन्तुलनको अवस्था देखिएकाले पावर काटिएको बताएको छ।

विद्युत् अवरुद्ध भएपछि धेरै क्षेत्रमा जेनेरेटरको सहायतामा काम चलाइएको भए पनि केही स्थानमा रेल नै सुरुङमा रोकिएका थिए। मंगलबार बिहान काटिएको विद्युत् लाइन बेलुकापख मात्र जोडिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .