ad ad

ग्लोबल


कोरोनाले बिहे गर्न पाइनन् न्युजिल्यान्डकी प्रधानमन्त्रीले

कोरोनाले बिहे गर्न पाइनन् न्युजिल्यान्डकी प्रधानमन्त्रीले

फाइल तस्बिर : न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डन (अघिल्लो रातो)।


नेपालखबर
माघ ९, २०७८ आइतबार १४:३, काठमाडौँ

कोरोना महामारीका कारण न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनको बिहे रोकिएको छ।

देशमा कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएका प्रतिबन्धका कारण आफ्नो विवाह रोकिएको जानकारी प्रधानमन्त्री आर्डन स्वयंले आइतबार दिएकी हुन्।

समाचार एजेन्सी रोयटर्सका अनुुसार न्युजिल्यान्डका पत्रकारहरूसँग प्रधानमन्त्री आर्डनले भनेकी छन्, ‘मेरो बिहे अहिले अघि बढ्ने छैन।’ 

तर उनले बिहेको मिति भने सार्वजनिक गरेकी छैनन्। 

न्युजिल्यान्ड सरकारले विवाहलगायत ठूला जमघट हुने कार्यक्रममा बढीमा सय जना मात्र भेला हुन पाउने नियम लागू गरेको छ। तर ती पनि सबैले पूरा खोप लगाएको हुनुपर्छ।

प्रधानमन्त्री आर्डेन अविवाहित भए पनि ४१ वर्षीया प्रधानमन्त्री आर्डेन प्रेमी क्लार्क गेफोर्डसँग लामो समयदेखि  लिभिङ टुगेदर छिन्। उनीहरूको छोरीसमेत भइसकेको छ। ​प्रेमी र छोरीका साथ न्युजिल्यान्डकी प्रधानमन्त्री आर्डेन। उनका प्रेमी क्लार्क गेफोर्ड टेलिभिजन कार्यक्रमका प्रस्तोता हुन्। यसअघि न्युजिल्यान्डका सञ्चारमाध्यमले उनीहरूले केही सातापछि विवाह गर्ने जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .