ad ad

ग्लोबल


मुम्बईको २० तले भवनमा आगलागी, ७ जनाको मृत्यु

मुम्बईको २० तले भवनमा आगलागी, ७ जनाको मृत्यु

नेपालखबर
माघ ८, २०७८ शनिबार १२:४५, काठमाडौँ

भारतको मुम्बईको तारदेव भाटिया अस्पताल नजिकै रहेको २० तले भवन कमलाको १८ औं तलामा शनिबार बिहान आगलागी भएको छ।

बहन्नमुम्बई म्युनिसिपन कर्पोरेसनले  यो घटनामा सात जनाको मृत्यु भएको बताएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो घटनामा परी घाइते भएका १५ जना मानिसलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

समाचारमा उल्लेख गरिएअनुसार २० तले भवनको १८ औं तलामा उक्त आगलागी भएको थियो। अहिले उद्धारको कार्य चलिरहेको समाचारमा उल्लेख छ।

अहिलेसम्म आगलागीको कारण भने खुलेको छैन। मुम्बईकी मेयर किशोरी पेडनेकरले घटनास्थलको भ्रमण गर्दै आगलागी नियन्त्रणमा आएको र अझै पनि भवनबाट धेरै धुवाँ निस्किरहेको उल्लेख गरेकी छिन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .