ad ad

ग्लोबल


ल्याटिन अमेरिका र एसियामा बढे ओमिक्रोनका संक्रमित

ल्याटिन अमेरिका र एसियामा बढे ओमिक्रोनका संक्रमित

नेपालखबर
माघ ८, २०७८ शनिबार ८:४३, काठमाडौँ

ल्याटिन अमेरिका र एसियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमणमा वृद्धि देखिएको छ।

यससँगै केही मुलुकले मानिसहरुको गतिविधि नियन्त्रणको लागि मुलुकमा प्रतिबन्ध बढाएका छन्।

सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्टसहितको संक्रमण निकै तीव्र गतिमा विश्वभर फैलिएको हो। 

पछिल्लो एक सातामा अमेरिकी मुलुकहरुमा ७२ लाख नयाँ संक्रमित थपिएका छन् भने १५ हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ।

जनवरी १ देखि १८ सम्मको अवस्थामा कोरोनाका नयाँ संक्रमितका संख्या झण्डै दोब्बर देखिएको छ। 

ब्राजिल, बोलिभिया, कोलम्बिया र पेरुमा कोरोना संक्रमण ठूलो संख्यामा फैलिरहेको छ भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा कोरोना संक्रमणको कारण अस्पतालमा भर्ना हुनेको संख्या बढेको छ। 

एसियाली मुलुकमा पनि कोरोना संक्रमण उल्लेख्य मात्रामा बढेको छ। फिलिपिन्समा पछिल्लो केही सातामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन्।

दक्षिण कोरियाले प्रतिबन्धका नियम हटाउने निर्णय गरे पनि विशेषज्ञहरूले मुलुकमा संक्रमण अझै बढ्न सक्ने चेतावनी दिएका छन्। 

त्यस्तै चीनले कोरोना संक्रमण शून्यमा झार्न प्रतिबन्धमा अझै कडाइ गरेको छ भने हङकङ संक्रमण नियन्त्रणको लागि संघर्ष गरिरहेको छ।

जापानले पनि सीमामा गरिएको कडाइलाई जारी राखेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .