ad ad

ग्लोबल


यमनको जेलमा साउदी गठबन्धनको आक्रमण, कम्तीमा ७० जनाको मृत्यु

यमनको जेलमा साउदी गठबन्धनको आक्रमण, कम्तीमा ७० जनाको मृत्यु

नेपालखबर
माघ ८, २०७८ शनिबार ८:२१, काठमाडौँ

यमनको जेलमा साउदी अरेबिया गठबन्धनले गरेको मिसाइल आक्रमणमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार यमनको उत्तरी क्षेत्रमा रहेको हुथी समूहको हिरासत केन्द्रलाई लक्षित गरी साउदी गठबन्धनले आक्रमण गरेको हो। 

यो आक्रमणमा परी हुथीका केही अधिकारीहरु र केही स्वास्थ्यकर्मीको पनि मृत्यु भएको समाचारमा उल्लेख छ। पछिल्लो समय साउदी गठबन्धनले हुथी समूहको गतिविधि धेरै रहेको स्थानलाई लक्षित गर्दै आक्रमण बढाएको छ। 

विशेषगरी संयुक्त अरब इमिरेट्स (यूएई)मा हुथीले गरेको  मिसाइल तथा ड्रोन आक्रमणको बदलामा साउदी अरेबियाले यमनमा आक्रमण तीव्र पारेको हो।

हुथी सरकारका स्वास्थ्यमन्त्री टाहा अल मोटावाकेलका अनुसार आक्रमणमा जेलमा रहेका ७० कैदीको मृत्यु भएको  छ।

अझै धेरै मानिसहरु घाइते भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .