ad ad

ग्लोबल


बेलायतमा बालिकासँग अनलाइनमा अश्लील क्रियाकलाप गरेको आरोपमा एक नेपाली पक्राउ (भिडिओ)

बेलायतमा बालिकासँग अनलाइनमा अश्लील क्रियाकलाप गरेको आरोपमा एक नेपाली पक्राउ (भिडिओ)

नेपालखबर
माघ ७, २०७८ शुक्रबार ७:१५, काठमाडौँ

बेलायतमा १६ वर्षमुनिका बालिकासँग अनलाइनमार्फत यौनयुक्त कुराकानी गरेको आरोपमा एक नेपालाई प्रहरीले पक्राउ गरेको छ।

बेलायतको कानुनमा १६ वर्ष पुगेकासँग आपसी समझदारीमा यौन क्रियाकलाप गर्न छुट छ तर यसभन्दा मुनिका उमेरकासँग यौनसम्बन्धी कुराकानी वा क्रियाकलाप गर्नुलाई गम्भीर अपराध मानिन्छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अनलाइनमा १३ र १४ वर्षका बालिकासँग यौनसम्बन्धी कुरा गरी अफ्ना नग्न तस्बिर पठाउने तथा बालिकाका तस्बिर माग्ने र यौन सम्बन्धका लागि घरमा बोलाएको आरोपमा वेदबहादुर खड्का उर्फ निशान क्षेत्रीलाई गत आइतबार पक्राउ गरिएको हो। 

अनलाइनमा बढिरहेको यौनजन्य अपराध नियन्त्रणका लागि कार्यरत सामुदायिक स्वयंसेवी समूह एलिट टिमले खड्कालाई सेफिल्डबाट समातेर प्रहरीसमक्ष बुझाएको हो।

आरोपित खड्काले १६ वर्षमुनिका कम्तीमा ४/५ जनासँग ‘सेक्स च्याट’ गर्ने गरेको कुरा प्रहरीसमक्ष स्वीकारेका छन्। 

केरकार गर्ने क्रममा खड्काले आफूले १३ वर्षीया बालिकालाई छोरी वा बहिनी सोचेको जिकिर गरेका थिए। तर उनले गरेका यौनयुक्त च्याट देखाएपछि खड्काले कहिले रक्सी पिएका बेला दिमागले काम नगरेको त कहिले सुतेको बेला पनि स्मार्ट फोनमा औंलाले थिचिएर तस्बिर गएको भनेर ढाँट्ने कोसिस गरेका छन्। 

वेद खड्का पक्राउ परेको भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोला। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .