ad ad

ग्लोबल


चिनियाँ सेनाको कब्जामा भारतीय युवा, भारतीय रक्षा मन्त्रालय यसो भन्छ

चिनियाँ सेनाको कब्जामा भारतीय युवा, भारतीय रक्षा मन्त्रालय यसो भन्छ

नेपालखबर
माघ ६, २०७८ बिहिबार १९:२, काठमाडौँ

चीनको जनमुक्ति सेना (पीएलए) ले अरुणाचल प्रदेशबाट कब्जामा लिएका भनिएका भारतीय युवक मिराम तारोमको मामिलामा भारतीय रक्षा मन्त्रालयले आफ्नो भनाइ सार्वजनिक गरेको छ।

रक्षा मन्त्रालयको तेजपुर प्रवक्ताले ट्वीट गर्दै मिराम तारोमको खोजीका लागि चिनियाँ सेनासँग नै सहयोग मागिएको छ।

बिहीबार कांग्रेस नेता राहुल गान्धीले यस घटनाको आड लिएर प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साँधेका थिए। 

रक्षा मन्त्रालयको असम/अरुणाचल प्रदेश इलाकाका प्रवक्ताले यसबारेमा ट्वीट गर्दै उनको खोजी जारी रहेको बताएका छन्। 

पिआरओ डिफेन्स तेजपुर (असम/अरुणाचल प्रदेश) ले यसबारेमा एक ट्वीट गर्दै भनेको छ, 'जिडो गाउँका मिराम तारोमलाई वास्तविक नियण्त्रण रेखाबाट अपहरण गरिएको थियो। यसबारेमा जानकारी ​मिलेपछि भारतीय सेनाले तत्काल पिएलएसँग हटलाइन सम्पर्क गरेर सहयोग मागेको छ। प्रोटोकल अनुसार उनको पत्ता लगाएर फिर्ता ल्याउन पहल भइरहेको छ।'

यो घटनाबारेमा सुरुमा अरुणाचल प्रदेशबाट भारतीय जनता पार्टीका सांसद तापिर गाओले १९ जनवरीमा ट्वीट गर्दै चीनले भारतमा पसेर मिराम तारोमलाई अपहरण गरेको आरोप लगाएका थिए। 

त्यसपछि कांग्रेस नेता राहुल गान्धीले यस मामिलालाई उद्धृत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साँधेका थिए। 

राहुल गान्धीले भनेका थिए, 'गणतन्त्र दिवसको केही दिनअघि भारतका एक भाग्य विधाताको चीनले अपहरण गरेको छ। हामी मिराम तारौनको परिवारको साथमा छौँ। हामी आशा छाड्दैनौँ। हार मान्दैनौँ। प्रधानमन्त्रीको नालायकी मौनताले सबै कुरा भन्छ- 'उनलाई कुनै फरक पर्नेवाला छैन।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .