ad ad

ग्लोबल


प्रशान्त महासागरमा ज्वालामुखी विष्फोट, चारको मृत्यु, टोंगाको विमानस्थल क्षतिग्रस्त

प्रशान्त महासागरमा ज्वालामुखी विष्फोट, चारको मृत्यु, टोंगाको विमानस्थल क्षतिग्रस्त

नेपालखबर
माघ ५, २०७८ बुधबार १२:५६, काठमाडौँ

प्रशान्त महासागरमा गत शनिबार ज्वालामुखी विष्फोट हुँदा टोंगा टापुमा ४ जनाको ज्यान गएको छ। 

ज्यान गुमाउनेमा तीनजना टोंगाकै स्थानीयबासी हुन्। एकजना बेलायती नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  

ज्वालामुखी विष्फोटबाट टोंगाको मुख्य विमानस्थलमा क्षति पुगेको छ। अहिले पानी जहानबाट उद्धार टोली र राहत सामग्री लगिँदैछ। 

क्षतिग्रस्त विमानस्थलमा ज्वालामुखी विष्फोटपछि थुप्रिएको खरानीसहितको भग्नावशेष पन्छाउने क्रम चलिरहेको छ। 

मुख्य विमानस्थल उडान भर्न योग्य बनाएर आवश्यक खाद्यान्न र पानी पुर्‍याउने प्रयास जारी छ। ज्वालामुखी विष्फोटले टोंगामा अकल्पनीय क्षति भएको सरकारले जनाएको छ।

ज्वालामुखी विष्फोट र त्यसले निम्त्याएको सुनामीबाट प्रभावितलाई सहयोगका लागि न्युजिल्याण्ड र अस्ट्रेलियाले जहाज पठाएका छन्।

ज्वालामुखी विष्फोटबाट ग्यास, धुँवा र भग्नावशेष २० किलोमिटरमाथि आकाशमा पुगेको थियो।

प्रभावित टोंगा टापु पुगेका संयुक्त राष्ट्र संघीय प्रतिनिधिले भग्नावशेष पन्छाउन सोचेभन्दा कठिन रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .