ad ad

ग्लोबल


भारतमा एकैदिन थपिए कोरोनाका २ लाख ८२ हजारभन्दा धेरै नयाँ संक्रमित

भारतमा एकैदिन थपिए कोरोनाका २ लाख ८२ हजारभन्दा धेरै नयाँ संक्रमित

नेपालखबर
माघ ५, २०७८ बुधबार १०:३८, काठमाडौँ

भारतमा पछिल्लो२४ घण्टामा कोभिड–१९ का २ लाख ८२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रलयका अनुसार उक्त अवधिमा २ लाख ८२ हजार ९७० नयाँ संक्रमित थपिएका हुन्।

अघिल्लो दिनको तुलनामा यो संख्या करिब ४५ हजारले धेरै हो। त्यस्तै उक्त अवधिमा कोरोना संक्रमणको कारण ४४१ जनाको मृत्यु भएको छ।

यससँगै भारतमा सक्रिय संक्रमितको संख्या पनि १८ लाख ३१ हजार नाघेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट ८ हजार ९६१ जनामा पुष्टि भएको छ। 

भारतमा पछिल्लो २ दिन कोरोनाका नयाँ संक्रमितको संख्यमा कमी देखिएको भए पनि बुधबार भने यो संख्यामा उल्लेख्य वृद्धि भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .