ad ad

ग्लोबल


रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्छः अमेरिका

रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्छः अमेरिका

नेपालखबर
माघ ५, २०७८ बुधबार ९:१३, काठमाडौँ

अमेरिकाले रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।

रुसले ठूलो संख्यामा युक्रेनको सीमामा सैनिक पठाएको र अब उसले जुनसुकै बेला आक्रमण गर्न सक्ने अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले बताएको छ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनको लागि अवस्था निकै जोखिमपूर्ण बन्दै गएको बताएकी छिन्। ​

साकीका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार रुसी समकक्षी सर्गेई लाभरोभसँग कुराकानी गरेका छन्। साथै उनीहरुको बीचमा छिटै नै जेनेभामा भेटवार्ता गर्ने सहमति जुटेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार यो भेटवार्ता शुक्रबार हुनेछ। यसअघि ब्लिन्केनले युक्रेन र युरोपेली मुलुकका प्रतिनिधिसँग भेटवार्ता गर्नेछन्। 

साकीले भनिन्, ‘हामीलाई युक्रेनको अवस्था निकै खतरनाक छ भन्ने लागेको छ। रुस जुनसुकै बेला आक्रमण गर्ने अवस्थामा छ।’ 

दुई मुलुकका विदेशमन्त्रीहरुबीचको वार्तामा यो मुद्दालाई कसरी कूटनीतिकरुपमा समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ। अब रुसले आर्थिक प्रतिबन्धको सामना गर्ने वा यो मुद्दालाई सुल्झाउने भन्ने कुराको निर्णय गर्नुपर्ने साकीको भनाइ छ। 

अमेरिकाको सहयोगी मुलुकको गठबन्धन नेटोले पनि युक्रेनविरुद्ध कुनै कदम चाले रुसले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ। 

रुसका विदेशमन्त्री लाभारोभले भने अहिले युक्रेनको सीमाक्षेत्रमा रुसले आफ्नो सैन्य अभ्यास गरिरहेकाले धेरै सैनिक परिचालन गरिएको भए पनि अमेरिकालगायत मुलुकले रुसलाई नराम्रो देखाउने प्रयास गरिरहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .