ad ad

ग्लोबल


अबुधाबीमा दुई भारतीय र एक पाकिस्तानी मारिएपछि के भन्यो युएईले?

अबुधाबीमा दुई भारतीय र एक पाकिस्तानी मारिएपछि के भन्यो युएईले?

युएईको एक तेल कम्पनी र कामदार। तस्बिर : एएफपी


नेपालखबर
माघ ४, २०७८ मंगलबार १७:३३, काठमाडौँ

अबुधाबीस्थित नयाँ एयरपोर्ट इमिरेट्स नजिकै भएको ड्रोन आक्रमणमा दुई भारतीय र एक पाकिस्तानी नागरिक मारिएकोबारे युएई सरकारले आफ्नो भनाइ सार्वजनिक गरेको छ। 

युएईको आधिकारिक समाचार एजेन्सी वामका अनुसार अबुधाबीमा सोमवार एक तेल ट्यांकरमा भएको विष्फोटमा परेर तीनजनाको ज्यान गएको थियो। यो घटनामा अरु ६ जना घाइते भएका थिए। 

मारिनेमा दुई भारतीय र एकजना पाकिस्तानी नागरिक छन्। यो विस्फोट सोमवार बिहान १० बजे भएको थियो। 

समाचार एजेन्सी रोयटर्सका अनुसार यमनका हुती विद्रोहीले ड्रोनमार्फत यो हमला गराएका थिए। 

वामका अनुसार विष्फोट मुसाफा इन्धन डिपोमा भएको थियो। यसका अलावा इमिरेट्स न्यु एयरपोर्ट एक्सटेन्सनमा पनि आगो लागेको थियो।  अबुधाबी पुलिसका अनुसार ड्रोनबाट यहाँ हमला भएर विष्फोट भएको हो। 

सन् २०१५ मा यमनको गृह युद्धमा युएई अरब सैन्य गठबन्धनको सदस्य थियो। यस सैन्य गठबन्धनले यमनमा विद्रोहीविरुद्ध सैन्य कारबाही चलाएको थियो। 

सन् २०१९ मा अरबको यो सैन्य गठजोड सानो भएको थियो। यसै साल १ जनवरीमा युएईको कार्गो जहाज रवाबीलाई हुती विद्रोहीले कब्जा गरेका थिए। हुती विद्रोहीले त्यो कार्गो जहाजमा सैन्य उपकरण रहेको जनाएको छ।

युएईको विदेश मन्त्रालयले आफूहरुमाथि हमला गर्नेलाई कुनै पनि बेला जवाफ दिन तयार रहेको बताएको छ। 

युएईको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर भनेको छ, 'युएईसँग यस आतंकवादी हमलाको जवाफ दिने अधिकार छ। यो अन्तरराष्ट्रिय नियमको उल्लंघन हो। जो यस हमलामा मारिए, उनका परिवारप्रति हाम्रो समवेदना छ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .