ad ad

ग्लोबल


अध्ययन भन्छ–चौथो डोजले पनि ओमिक्रोनबाट बचाउन सक्दैन

अध्ययन भन्छ–चौथो डोजले पनि ओमिक्रोनबाट बचाउन सक्दैन

नेपालखबर
माघ ४, २०७८ मंगलबार ११:३२, काठमाडौँ

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमणबाट कोरोना खोपको चौथो डोजले पनि पूर्णरुपमा बचाउन नसक्ने देखिएको छ।

इजरायलमा गरिएको अध्ययनमा चौथो डोज लिँदा मानिसमा विकास हुने एन्टिबडीको मात्रा धेरै हुने भए पनि यसले संक्रमणबाट पूर्णरुपमा बचाउन भने नसक्ने देखिएको हो। 

इजरायलको शेबा मेडिकल सेन्टरले आफ्ना कर्मचारीहरुलाई कोभिड–१९ खोपको चौथो डोज दिएर अध्ययन गरेको थियो।

उसले १५४ जनालाई फाइजरको बुस्टर डोज दिएको थियो र दुई सातापछि उनीहरुमा अध्ययन गरिएको थियो भने १२० जना मानिसलाई मोडेर्नाको खोप दिइएको थियो र एक सातापछि उनीहरुमा अध्ययन गरिएको थियो। 

उनीहरुको तुलना चौथो डोज खोप नलिने मानिसहरुसँग गरिएको थियो। अध्ययनमा तेस्रो डोजको तुलनामा चौथो डोज लिनेमा एन्टिबडीको मात्रा केही बढी देखिएको थियो।

यद्यपि यसले ओमिक्रोनसहितको संक्रमणलाई पूर्णरुपमा भने नसक्ने देखिएको अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन्। 

अस्पतालले भने विश्वमै पहिलोपटक यस किसिमको अध्ययन भएको बताएको छ। यद्यपि अहिले सार्वजनिक गरिएको नतिजा प्रारम्भिक रहेको उल्लेख गरेको छ।

यो अध्ययनको पूर्ण नतिजा भने आउन बाँकी छ। 

इजरायलले गत महिनाबाट आफ्ना नागरिकलाई कोरोना खोप दिन सुरु गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .