ad ad

ग्लोबल


अष्ट्रेलियामा कोरोना संक्रमणबाट एकैदिन ७४ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोना संक्रमणबाट एकैदिन ७४ जनाको मृत्यु

नेपालखबर
माघ ४, २०७८ मंगलबार ९:१४, काठमाडौँ

अष्ट्रेलियामा एकैदिन कोरोना संक्रमणको कारण अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मंगलबार अष्ट्रेलियाको न्यु साउथ वेल्स, भिक्टोरिया र क्विन्सल्याण्डमा गरी ७४ जनाको कोरोनाको कारण मृत्यु भएको छ।

यसअघि गत बिहीबार कोरोना संक्रमणको कारण ५७ जनाको मृत्यु भएको थिए। 

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढेसँगै अष्ट्रेलियामा अस्पतालमा भर्ना हुनेको संख्या पनि बढेको छ।

‘आज हाम्रो स्टेटको लापग निकै कठिन दिन थियो’, न्यु साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेटले भने। न्यु साउथ वेल्समा कोरोना संक्रमणको कारण मंगलबार ३६ जनाको मृत्यु भएको हो।

प्रिमियर पेरोटेटले न्यु साउथ वेल्समा कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै थप कडाइ तथा खोप अधियान विस्तारको नियम लगाउन नहुने बताउँदै आएका छन्। 

अष्ट्रेलियाको अस्पतालमा भर्ना हुनेमा खोप नलगाएका युवाहरुको संख्या पनि उल्लेख्य छ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड र तास्मानियामा गरी ६७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .