ad ad

ग्लोबल


विदेशी सामग्री आयात नगर्न बेइजिङको आग्रह

विदेशी सामग्री आयात नगर्न बेइजिङको आग्रह

नेपालखबर
माघ ४, २०७८ मंगलबार ७:५६, काठमाडौँ

चीनको राजधानी सहर बेइजिङका अधिकारीहरुले वैदेशिक सामग्री अर्डर नगर्न आफ्ना नागरिकलाई आग्रह गरेका छन्।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिने जोखिम रहेको भन्दै सहरका अधिकारीरुले आफ्ना नागरिकहरुलाई यस्तो सुझाव दिएका हुन्। 

एक स्थानीय महिलालाई विदेशबाट आएको पार्सलबाट संक्रमण फैलिएको हुन सक्ने भन्दै बेइजिङका अधिकारीहरुले यस्तो सुझाव दिएका हुन्।

यसअघि पनि फ्रोजन खाद्यान्नबाट कोभिड–१९ सर्न सक्ने भन्दै चीनले यस किसिमका आयातमा कडाइ गरेको थियो। यस विषयमा वैज्ञानिकहरुले भने प्रश्न उठाउँदै आएका छन्। 

अधिकारीहरुका अनुसार बेइजिङमा संक्रमित भेटिएकी महिलाले हालै मात्र कतै पनि भ्रमण गरेकी थिइनन्।

यस्तो अवस्थामा अधिकारीहरुले उनले बाहिरबाट मगाएको पार्सलबाट संक्रमण फैलिएको हुन सक्ने निष्कर्ष निकालेका हुन्। 

बेइजिङमा शीतकालीन ओलम्पिक हुनुभन्दा तीन साता पहिला कोभिड–१९ को स्थानीय संक्रमित फेला परेका हुन्।

यसले ओलम्पिकमा सुरक्षाबारे पनि चिन्ता बढाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .