ad ad

ग्लोबल


चिनियाँ राष्ट्रपतिको चेतावनी : विश्वव्यापी टकरावको परिणाम भीषण हुन सक्छ

खाली नाराबाट मात्रै केही नहुने जिकिर
चिनियाँ राष्ट्रपतिको चेतावनी : विश्वव्यापी टकरावको परिणाम भीषण हुन सक्छ

नेपालखबर
माघ ३, २०७८ सोमबार २२:५०, काठमाडौँ

चीनका राष्ट्रपति शी जिनपिङले सोमवार डाभोसमा भइरहेको विश्व आर्थिक मञ्चको बैठकलाई सम्बोधन गरेका छन्। उनले उक्त बैठकलाई सम्बोधन गर्दै विश्वव्यापी टकरावको नतिजा भीषण हुन सक्ने चेतावनी दिएका छन्। 

कोरोना महामारीका कारण वर्ल्ड इकोनोमिक फोरमको यो बैठक भर्चुअल भइरहेको छ।

राष्ट्रपति शी जिनपिङले इतिहासले पनि कुनै पनि द्वन्द्वबाट समस्याको हल ननिस्केको देखाइसकेको बताए। 

उनले कोरोना महामारीको असरसँग जुध्न साझा कोशिश गर्नुपर्ने जरुरी देखाए। चिनियाँ राष्ट्रपतिले महामारीबाट मानवता जित निकाल्ने पनि बताए।

उनले विश्वव्यापी अर्थव्यवस्थाको स्थिति र खराब हुनबाट रोक्नका लागि आर्थिक नीतिमा अझै बलियो समन्वयका लागि पनि आह्वान गरेका छन्। 

शी जिनपिङको भाषणको लवज अघिल्लो पटकको जस्तै थियो। उनले कोरोना महामारीसँग जुध्न चीनले प्राप्त गरेको सफलताको पनि चर्चा गरे। 

उनले कोरोना महामारीबीच पनि विश्वकै एक मात्र चिनियाँ अर्थतन्त्रले अहिले पनि सही नतिजा दिइरहेको बताए। 

विश्वका प्रमुख शक्तिहरूको सम्बन्धमा देखिएको कमजोरीतर्फ इंगित गर्दै उनले भविष्यप्रति आशावादी हुन पनि भने। 

उनले चीन सबैलाई साथमा लिएर अघि बढ्ने कुरामा विश्वास राख्दै आएको पनि बताए। 

शीले चेतावनीयुक्त लवजमा देशहरुबीच ठोस समन्वय स्थापित गर्न जरुरी रहेको बताउँदै समृद्ध देशले जिम्मेवार आर्थिक नीतिबारे विचार गर्नु आवश्यक रहेको पनि औँल्याए। शीले धनी राष्ट्रको गतिविधिले विकासशील देशलाई कुनै क्षति हुन नहुनेमा पनि जोड दिए। 

कोरोना महामारीको सुरुवातदेखि नै चीनले जिरो कोभिड नीतिलाई अपनाउने आएको छ। चीनको सीमा विदेशी मानिसका लागि बन्छ। तर कोरोनाका सबै महामारीबीच चीन पूरा विश्वका लागि उत्पादनको प्रमुख केन्द्र बनिरहेको छ।

वर्ल्ड इकोनोमिक फोरमलाई सम्बोधन गर्दै शी जिनपिङ विश्वले शताब्दीमा एक पटक आउने महामारीविरुद्ध ठूलो र चुनौतीपूर्ण लडाइँ लडेको पनि बताए। 

तर उनले कोरोना महामारी अझै लामो समय जान सक्ने चेतावनी पनि दिए। भाइरसको नयाँ भेरियन्ट पहिलेको तुलनामा झन् तीव्र गतिमा फैलिरहेको बताउँदै शीले यसले विश्व अर्थव्यवस्थासामु चुनौती गहिरो बनाउँदै लगेको तर्क पनि गरे। 

शी जिनपिङले चेतावनी दिँदै भने, 'उद्योगका लागि विश्व आपूर्ति सञ्जाल अवरुद्ध भएको छ। सामानको अभाव तीव्र गतिमा बढिरहेको छ। ऊर्जाको आपूर्तिमा पनि असर परेको छ।'

चीनले दुनियाँका सबैभन्दा ठूलो सम्मेलनमा भन्यो, ‘खाली नाराबाट केही हुँदैन।’ 

'संरक्षणवाद र मनोमानी तरिकाबट काम गर्दा कसैको पनि भलो हुँदैन। यसबाट आखिरमा अर्काको साथै आफ्नो पनि नोक्सान हुनेछ। हामीले बिना कुनै टकराव वार्ताबाट आफ्नो बाटोमा अघि बढ्नुपर्छ।'

राष्ट्रपति शी जिनपिङको यो भनाइ चीन र अमेरिकाबीच चलिरहेको राजनीतिक र व्यापारिक तनावबीच आएको हो। 

स्विट्जरल्यान्डको डाभोस सहरमा हरेक साल जनवरीमा हुने वर्ल्ड इकोनोमिक फोरमको यस बैठकमा विश्वभरका कारोबारी र राजनीतिक हस्ती एक दोस्रोसँग काँधमा काँध मिलाएको देख्न पाइन्थ्यो।

तर कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट महामारीतर्फ बढिरहेकाले लगातार दोस्रो वर्ष वर्ल्ड इकोनोमिक फोरमले भर्चुअल बैठक गरिरहेको छ। 

बीबीसीको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .