उत्तर कोरियाले छोटो दूरीको दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ।
दक्षिण कोरियाले दिएको जानकारीअनुसार सोमबार उत्तर कोरियाले राजधानी सहर प्योङयोङस्थित विमानस्थलबाट उक्त मिसाइल परीक्षण गरेको हो।
यसै महिनामा उत्तर कोरियाले गरेको यो चौथो मिसाइल परीक्षण हो। जापानले पनि सोमबार उत्तर कोरियाले मिसाइल परीक्षण गरेको पुष्टि गर्दै यसले शान्ति र सुरक्षामा चुनौती थपेको बताएको छ।
उत्तर कोरियाले यस महिनामा गरिएका चारमध्ये २ हाइपरसोनिक मिसाइल भएको बताएको छ।
दक्षिण कोरियाको ज्वइन्ट चिफ्स अफ स्टाफले दिएको जानकारीअनुसार उत्तर कोरियाले प्योङयोङबाट पूर्वी क्षेत्रमा उक्त मिसाइल परीक्षण गरेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार सोेमबार परीक्षण गरिएको मिसाइल करिब ३८० टाढा समुद्रमा खसेको थियो।
पछिल्लो समय उत्तर कोरियाले परीक्षण गरेको मिसाइलले पछिल्लो समय उसले आफ्नो मिसाइल प्रविधिमा विस्तार गर्दै लगेको र यसले जापानलगायतका मुलुकको सुरक्षामा जोखिम उत्पन्न भएको जापानले बताएको छ।
उत्तर कोरियाले भने आफ्नो मिसाइल परीक्षण मुलुकको रक्षाको लागि मात्र भएको दाबी गर्दै आएको छ।
Shares
प्रतिक्रिया