बेलायतकी महारानी एलिजाबेथ द्वितीयका छोरा प्रिन्स एन्ड्रयु एकपटक फेरि यौन दुर्व्यवहार आरोपका कारण चर्चामा छन्।
अब उनीविरुद्ध अमेरिकामा मुद्दा चलाउन सकिने भएकाे छ।
प्रिन्स एन्ड्र्यूलाई अमेरिकाकी भर्जिनिया रोबर्ट्स जेफ्रीले यौन दुर्व्यवहारको आरोप लगाएकी हुन्।
उनले हालै एक अमेरिकी अदालतमा आफू १७ वर्षको हुँदा राजकुमारले आफूलाई यौन दुर्व्यवहार गरेको बताएकी हुन्।
यसपछि अमेरिकी अदालतले राजकुमारविरुद्ध मुद्दा चलाउन अनुमति दिएको हो।
मुद्दा चलाउन न्यायाधीशले स्वीकृति दिएसँगै हाई–प्रोफाइल अदालती लडाइँ तीव्र बनेको छ, र भर्जिनिया जेफ्रीले फेरि एकपटक विश्वभरका मिडियाको ध्यान तानेकी छन्।
906
Shares
प्रतिक्रिया