उत्तर कोरियाले शुक्रबार अर्को मिसाइल परीक्षण गरेको छ। पछिल्लो दुई सातामा उत्तर कोरियाले तेस्रोपटक मिसाइल परीक्षण गरेको हो।
दक्षिण कोरियाको ज्वइन्ट चिफ अफ स्टाफले उत्तर कोरियाले ‘अज्ञात’ मिसाइल परीक्षण गरेको बताएको हो। यद्यपि उसले यस विषयमा थप जानकारी भने दिएको छैन।
जापानको समुद्री सुरक्षा सैनिकले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलजस्तो मिसाइल परीक्षण गरेको बताएको छ।
यसअघि परीक्षण गरेको दुई मिसाइल हाइपरसोनिक मिसाइल रहेको उत्तर कोरियाले बताएको थियो।
उत्तर कोरियाले आफ्नो सुरक्षाको लागि यस्ता मिसाइल परीक्षण गर्न पाउनुपर्ने बताउँदै आएको छ।
अमेरिकाले आफूहरुमाथि प्रतिबन्ध लगाउँदै माहोल झन् बिगार्दै लगेको उत्तर कोरियाको भनाइ छ।
उत्तर कोरिया आफ्नो राष्ट्रिय सुरक्षा क्षमताको आधुनिकीकरणको अभियानमा अघि बढेको छ।
सोही अनुसार उसले अत्याधुनिक हतियार परीक्षण गरिरहेको हो।
उत्तर कोरियाले आफूहरुले कहिले पनि दोस्रो मुलुकलाई नोक्सानी पुग्ने गरी हतियार परीक्षण नगरेको बताएको छ।
Shares
प्रतिक्रिया