ad ad

ग्लोबल


खोप बनाउने वैज्ञानिक भन्छन्ः हरेक ६ महिनामा सारा मानिसलाई खोप लगाउन सकिँदैन

खोप बनाउने वैज्ञानिक भन्छन्ः हरेक ६ महिनामा सारा मानिसलाई खोप लगाउन सकिँदैन

नेपालखबर
पुस २०, २०७८ मंगलबार २०:३८, काठमाडौँ

कोभिड–१९ विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोप बनाउनेमध्ये एक एन्ड्रयु पोलार्डले सबै मानिसहरुलाई वर्षमा दुई पटक बुस्टर डोज खोप लगाउन नसकिने बताएका छन्।

बेलायती पत्रिका द टेलिग्राफलाई अन्तर्वार्ता दिँदै पोलार्डले भनेका छन्– ‘हामी हरेक ६ महिनामा सिंगो पृथ्वीलाई खोप लगाउन सक्दैनौँ।’

बेलायतको ज्वाइन्ट कमिटी अन भ्याक्सिनेसन एन्ड इम्युनाइजेसनका प्रमुख समेत रहेका पोलार्डले बुस्टर डोज १२ वर्षमाथिका सबैलाई भन्दा पनि जोखिम समूहलाई लक्षित गरेर लगाउनुपर्नेमा जोड दिए।

‘जोखिममा रहेकाहरुलाई कहिले र कति पटक थप खोप लगाउने भनेर किटान गर्न थप तथ्यांक आवश्यक पर्छ,’ उनले भने।

बढ्दो संक्रमणका बीच कतिपय मुलुकले चौथो डोज खोपको तयारी गरिरहँदा यी वैज्ञानिकले यस्तो धारणा अघि सारेका हुन्। इजरायलले सोमबारबाटै चौथो डोज खोप लगाउन सुरु गरिसकेको छ।

यद्यपि, पोलार्डले सबैभन्दा खराब समय गुज्रिसकेकाले यसपटकको हिउँदमा होसियारीपूर्वक रहनुपर्ने बताए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .