ad ad

ग्लोबल


फिलिपिन्समा समुद्री आँधीबाट मृत्यु हुनेको संख्या ३७५ पुग्यो

फिलिपिन्समा समुद्री आँधीबाट मृत्यु हुनेको संख्या ३७५ पुग्यो

नेपालखबर
पुस ६, २०७८ मंगलबार ७:३४, काठमाडौँ

फिलिपिन्समा समुद्री आँधीबाट मृत्यु हुनेको संख्या ३७५ पुगेको छ। बीबीसीका अनुसार बिहीबार आएको शक्तिशाली आँधीको कारण अहिलेसम्म ३७५ जनाको मृत्यु पुष्टि भएको हो। 

फिलिपिन्सको दक्षिणपूर्वी टापुमा आँधीको असर सबैभन्दा धेरै देखिएको छ। यो क्षेत्रमा प्रतिघण्टा १९५ किलोमिटरको आँधी आएको समाचारमा उल्लेख छ। आँधीमा परी अहिलेसम्म ५०० मानिसहरु घाइते भएका छन् भने ५६ जना बेपत्ता छन्। 

स्थानीय अधिकारीहरुका अनुसार अहिले नै क्षतिको आकलन गर्न कठिन छ। अहिले धेरै स्थानको सम्पर्क विच्छेद भएको छ।

त्यस्तै धेरै स्थानमा पहिरो र बाही आएकाले अझै धेरै मानिसको मृत्यु भएको हुन सक्ने आशंका छ। फिलिपिन्स । फिलिपिन्स रेड क्रसका प्रमुख रिचार्ड गोर्डनले अहिले फिलिपिन्सको अवस्था दोस्रो विश्वयुद्धको जस्तै रहेको बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .