चीनमा हुने २०२२ को हिउँदे ओलम्पिक अमेरिकाले कूटनीतिक बहिष्कार गर्ने भएको छ। सो कदमको आलोचना गर्दै चीनले बदला लिने चेतावनी दिएको छ।
सोमबार अमेरिकाले बेइजिङमा ओलम्पिकमा आफ्ना कुनै पनि कूटनीतिज्ञ सामेल नगराउने बताएको थियो। खेलाडीहरुलाई भने जान दिइने अमेरिकाको भनाइ छ।
ओलम्पिक खेलमा मुलुकहरुले सरकारको प्रतिनिधि पनि पठाउने गर्छन्। यसै वर्ष भएको टोकियो ओलम्पिकमा अमेरिकी टोलीको नेतृत्व प्रथम महिला जिल बाइडेनले गरेकी थिइन्।
तर, सोमबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले चीनले सिन्जियाङमा मानव अधिकार उल्लंघन गरेको आरोप लगाउँदै अमेरिकाले सरकारी प्रतिनिधि नपठाउने बताइन्।
मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियनले अमेरिकी कदमको बदला लिइने बताए।
उनले अमेरिकाले खेलको राजनीतिक तटस्थतालाई समाप्त पारेको आरोप पनि लगाए। एजेन्सी
Shares
प्रतिक्रिया