ad ad

ग्लोबल


चीनले भन्यो– हामी अमेरिकाभन्दा प्रजातान्त्रिक छौं

चीनले भन्यो– हामी अमेरिकाभन्दा प्रजातान्त्रिक छौं

फाइल तस्बिर


नेपालखबर
मंसिर २१, २०७८ मंगलबार १३:२६, काठमाडौँ

चीनले आफूहरु अमेरिकाभन्दा प्रजातान्त्रिक मुलुक भएको दाबी गरेको छ।  प्रजातन्त्रको बारेमा एक श्वेतपत्र जारी गर्दै चीनले अमेरिकी मोडलको प्रजातन्त्रको आलोचना गरेको हो।

चीनको द स्टेट काउन्सिल इन्फरमेसन अफिसले जारी गरेको श्वेतपत्रमा प्रजातन्त्रको कुनै ठोस परिभाषा नभएको भन्दै चीनले आफ्नै मोडलको प्रजातन्त्रको अभ्यास गरिरहेको बताएको छ। 

श्वेतपत्रमा चीनले आफ्ना नागरिकको इच्छा र चाहनाअनुसारको काम गर्दै उनीहरुको आवश्यकतालाई पूरा गर्दै आएको उल्लेख गरेको छ। चीनले प्रजातन्त्र कुनै नारामा सीमित नभई दैनिक जीवनमा अनुभूति हुने किसिमको हुनुपर्नेमा जोड दिएको छ।

श्वेतपत्रमा भनिएको छ, ‘कुनै पनि मुलुक प्रजातान्त्रिक हो वा होइन भन्ने कुरा अन्तराष्ट्रिय समुदायले निर्क्योल गर्ने कुरा हो कुनै आफैंले तोकिएका न्यायाधीशले स्वेच्छाचारीरुपमा भन्ने कुरा होइन।’ 

श्वेतपत्रमा चीनमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचन हुने गरेको र मानिसहरुको मतअनुसारको निर्णय लिइने गरेको उल्लेख छ। चीनमा कुनै ठूलो निर्णय गर्नुभन्दा पहिला जनमत लिने चलन रहेको श्वेतपत्रमा दाबी गरिएको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता विश्वभरका प्रजातान्त्रिक मुलुकको भर्चुअल सम्मेलन आयोजना गरेका छन्। उक्त सम्मेलनमा चीनलाई निम्तो दिइएको छैन।

यद्यपि ताइवानलाई भने यो सम्मेलनमा बोलाइएको छ। यसअघि नै चीनले यो विषयलाई लिएर अमेरिकाको आलोचना गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .