ad ad

ग्लोबल


कोरोना कालमा ६९ हजारले बढ्यो मलेरियाबाट एक वर्षमा मृत्यु हुनेको संख्या

कोरोना कालमा ६९ हजारले बढ्यो मलेरियाबाट एक वर्षमा मृत्यु हुनेको संख्या

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार ९:८, काठमाडौँ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार सन् २०२० मा मलेरिया (औलो)बाट मृत्यु हुनेको संख्या अघिल्लो वर्षको तुलनामा ६९ हजारले बढेको छ।

डब्ल्यूएचओले सोमबार दिएको जानकारीअनुसार २०२० मा ६ लाख २७ हजार मानिसको औलोको कारण मृत्यु भएको हो। मृत्यु हुनेमा अधिकांश अफ्रिकी मुलुकका बालबालिका छन्। सन् २०१९ मा मलेरियाको कारण ५ लाख ५८ हजार मानिसको मृत्यु भएको थियो।

अफ्रिकामा कोरोना भाइरसको कारण अहिलेसम्म २ लाख २४ हजार मानिसको मृत्यु भएको छ। यसले अफ्रिकामा कोरोनाको तुलनामा औलो झन् घातक देखिएको छ।

डब्ल्यूएचओका अनुसार सन् २०२० मा बढेका मलेरियाबाट मृत्यु हुनेमध्ये करिब दुई तिहाइलाई बचाउन सकिन्थ्यो। कोरोना महामारीको कारण लगाइएको विभिन्न प्रतिबन्धको कारण रोकथाम, पहिचान र उपचारमा परेको अवरोधको कारण उनीहरुको मृत्यु भएको डब्ल्यूएचओको भनाइ छ। 

यद्यपि मलेरियाको खोप पनि अहिले विकास भइसकेकाले आगामी दिनमा मलेरियाको कारण मृत्यु हुनेको संख्यामा कमी आउन सक्ने डब्ल्यूएचओले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .