ad ad

ग्लोबल


दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड्स पुगेका १३ जनामा देखियो ‘ओमिक्रोन भेरियन्ट’

दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड्स पुगेका १३ जनामा देखियो ‘ओमिक्रोन भेरियन्ट’

नेपालखबर
मंसिर १३, २०७८ सोमबार ८:१६, काठमाडौँ

दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड्स आएका १३ जना मानिसमा कोरोना भाइरसको नयाँ ‘ओमिक्रोन’ भेरियन्टसहितको संक्रमण देखिएको छ। बीबीसीका अनुसार दुई फ्लाइटबाट आम्सस्टर्डम आइपुगेका उनीहरुमा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको हो। कोभिड–१९ बाट संक्रमित भएका ६१ जना मानिसहरुमध्ये १३ जनामा नयाँ भेरियन्ट देखिएको हो। 

नयाँ भेरियन्टबारे आशंका बढेसँगै नेदरल्याण्ड्सले पनि आफ्नो सीमाक्षेत्रमा कडाइ गरिरहेको अवस्थामा नयाँ भेरियन्टसहितको संक्रमण देखिएको हो। नेदरल्याण्ड्सले नयाँ भेरियन्टसहितको संक्रमण फैलिन सक्ने भन्दै सेवा र संस्कृतिको क्षेत्र छिटै बन्द गर्ने र घरेलु जमघटमा पनि सीमित मानिस मात्र भेला हुन पाउने व्यवस्था लागू गरेको छ। 

निकै उत्परिवर्तित कोरोना भाइरसको रुपमा रहेको ओमिक्रोन भेरियन्टलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ‘भेरियन्ट अफ कन्सर्न’को रुपमा राखेको छ ।

नयाँ भेरियन्ट देखिएसँगै धेरै मुलुकले अफ्रिकी मुलुकसँगको सीमा बन्द गर्ने निर्णय गरेका छन्। यद्यपि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापोसाले भने तत्कालै अफ्रिकी मुलुकमाथिको प्रतिबन्ध हटाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .