ad ad

ग्लोबल


२७ चिनियाँ सैन्य विमान हाम्रो क्षेत्रमा प्रवेश गरे: ताइवान

२७ चिनियाँ सैन्य विमान हाम्रो क्षेत्रमा प्रवेश गरे: ताइवान

नेपालखबर
मंसिर १३, २०७८ सोमबार ८:१, काठमाडौँ

ताइवानको रक्षा मन्त्रालयले २७ चिनियाँ सेनाको विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ। आइतबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो घटनाबारे चेतावनी जारी गर्दै गतिविधिको निगरानीको लागि हवाई सुरक्षा मिसाइल प्रणाली तैनाथ गरिएको बताएको छ। 

ताइवानको रक्षा मन्त्रालयले आफ्नो क्षेत्रमा प्रवेश गरेका चिनियाँ सेनाका विमानमा पाँचवटा लामो दूरीको एच–६ बमवर्षक र १८ फाइटर जेट सामेल थिए। पछिल्लो केही समययता ताइवान र चीनको सम्बन्ध तनावपूर्ण अवस्थामा पुगेको छ।

चीनले ताइवानलाई आफ्नो एक हिस्सा भएको बताउँदै आएको छ भने ताइवान आफूलाई एक सार्वभौम मुलुक भएको दाबी गर्छ।  

केही समयअघि चीनले अन्तर्राष्ट्रिय समुदायलाई पनि ताइवानको मुद्दामा दखल नदिन र एक चीन नीतिमा प्रतिबद्ध रहन आग्रह गरेको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि ताइवानको स्वतन्त्रताको पक्ष लिनु आगोसँग खेल्नुजस्तै भएको चेतावनी दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .