ग्लोबल


ताइवान मुद्दाबारे  चीन–लिथुआनियाबीच तनाव बढ्दो

ताइवान मुद्दाबारे  चीन–लिथुआनियाबीच तनाव बढ्दो

नेपालखबर
मंसिर ११

चीन र युरोपेली मुलुक लिथुआनियाबीच ताइवानको विषयमा तनाव बढ्दो क्रममा देखिएको छ। ताइवान मुद्दामा लिथुआनियाले एक चीन नीति मान्न अस्वीकार गरेको छ। यससँगै लिथुआनियाको चीनसँगको तनाव बढेको हो।

तनाव बढेसँगै लिथुआनियास्थित चिनियाँ दूतावासले भिसा जारी गर्न छाडेको छ। यद्यपि अधिकारीहरुले भने प्राविधिक कारणले भिसा जारी नगरिएको बताएका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार लिथुआनियाका विदेशमन्त्री गेब्रिलियस ल्याण्ड्सबर्गिसले आफ्नो मुलुकले कसरी चीनको बढ्दो दबाबको सामना गर्न सकिन्छ भनेर देखाएको बताएका छन्। उनको यो अभिव्यक्तिमा चीनले आपत्ति जनाएको छ। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले यस विषयमा प्रतिक्रिया दिँदै लिथुआनियाको अभिव्यक्ति वास्तविकताभन्दा पर गएर आएको बताएका छन्।

उनले वैदेशिक हस्तक्षेप नमान्ने नै नीति हो भने अमेरिकासँगको सम्बन्ध हेर्न पनि उनले सुझाव दिएका छन्। उनले लिथुआनिया अमेरिकाको कठपुतलीबाट चलेको मुलुक भएको आरोप लगाएका छन्।

लिथुआनिया यस वर्षको सुरुवातम चीनको नेतृत्वमा रहेको  चीन र मध्यपूर्वी युरोपेली मुलुकको सहयोग संगठन (सीईईसी)बाट अलग भएको थियो। 
 

मंसिर ११, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .