ad ad

ग्लोबल


अमेरिकाको समर्थन पाउने प्रयास ताइवानको लागि विनाशकारी हुन सक्छ– चीन

अमेरिकाको समर्थन पाउने प्रयास ताइवानको लागि विनाशकारी हुन सक्छ– चीन

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १४:८, काठमाडौँ

चीनले ताइवानलाई अमेरिका वा अन्य कुनै पनि मुलुकको समर्थन पाउने प्रयास विनाशकारी हुन सक्ने चेतावनी दिएका छन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘हामी ताइवानलाई चेतावनी दिन चाहन्छौं कि अमेरिका वा कुनै पनि मुलुकसँगको समर्थन पाउने प्रयास निश्चितरुपमा असफल र थप विनाशकारी साबित हुन सक्छ ।’

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चीनले अमेरिकालाई पनि ताइवानसँग सम्बन्ध बढाउने कार्यलाई रोक्न सुझाव दिएको छ। अमेरिका र ताइवानबीच भएको इकोनोमिक पार्टनरसिप डायलगपछि चीनले अमेरिकालाई यस्तो सुझाव दिएको हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘चीन अमेरिकाको यो कार्यको निन्दा गर्छ र कडा शब्दमा यस किसिमको सम्बन्धको विरोध गर्छ। उनले चीनसँग राजनीतिक सम्बन्ध राख्ने मुलुक र ताइवानसँग कुनै पनि औपचारिक वार्ताको आफूहरुले सधैं विरोध गर्ने बताए। 

लिजियानले भने, ‘अमेरिका एक चीन नीतिको शर्त मान्न प्रतिबद्ध छ, त्यसैले उसले ताइवानसँगको बढ्दो सम्बन्धलाई अंकुश लगाउनुपर्छ र कुनै पनि रुपमा ताइवानसँग आधिकारिक वार्ता गर्नुहुँदैन।’ 

समाचार एजेन्सी रोयटर्सका अनुसार मंगलबार ताइवान र अमेरिकाले गत वर्ष सुरु गरेको आर्थिक वार्ताको दोस्रो चरणको बैठक गरेका थिए। यो क्रममा उनीहरुको बीचमा चिपको अभाव र चीनको आर्थिक दबदबा कम गर्ने विषयमा चर्चा भएको थियो। 

एक साताअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भर्चुअल वार्ता भएको थियो । उक्त वार्ताको क्रममा पनि चिनियाँ राष्ट्रपति सीले बाइडेनलाई चेतावनी दिँदै ताइवानको स्वतन्त्रताको पक्षमा बोल्नु आगोसँग खेल्नुजस्तै भएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .