ad ad

ग्लोबल


नाइजेरियाको जेलमा हतियारधारी समूहको आक्रमण, दर्जनौं कैदी भागे

नाइजेरियाको जेलमा हतियारधारी समूहको आक्रमण, दर्जनौं कैदी भागे

नेपालखबर
कात्तिक ६, २०७८ शनिबार १८:८, काठमाडौँ

नाइजेरियाको दक्षिण–पशिचमी क्षेत्रमा रहेको एक जेलमा हतियारधारी समूहले आक्रमण गरी दर्जनौं कैदीलाई भगाएको छ।

प्रहरीका अनुसार शुक्रबार राति हतियारधारी समूहले जेलमा आक्रमण गरेको थियो। प्रहरीले आक्रमणपछि जेलबाट भागेका केही केदीलाई पुनः पक्राउ गरिएको छ। साथै यो आक्रमणबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। 

शुक्रबार भएको आक्रमण सन् २०२१ मा नाइजेरियाको जेलमा भएको तेस्रो आक्रमण हो। पछिल्लो समय नाइजेरियाको जेलमा आक्रमण हुने र जेल तोडेर भाग्ने क्रम बढ्दो मात्रामा देखिएको छ।

गत जुलाईमा सार्वजनिक भएको एक प्रतिवेदनअनुसार सन् २०१७ यता ४३ सयभन्दा धेरै कैदी नाइजेरियाको जेलबाट भागेका छन्। २०२१ मा मात्र दुई हजार कैदी नाइजेरियाको जेलबाट भागिसकेका छन्।

जेल तोडेर भाग्ने कैदीहरुबीच कुनै सम्बन्ध नदेखिए पनि जेलमा हुने आक्रमणको प्रकृति भने एउटै किसिमको देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .