ad ad

ग्लोबल


बेलायतमा छुरा प्रहार गरी सांसदको हत्या

बेलायतमा छुरा प्रहार गरी सांसदको हत्या

नेपालखबर
असोज ३०, २०७८ शनिबार ७:१६, काठमाडौँ

बेलायतमा एकजना सांसदको छुरा प्रहार गरी हत्या भएको छ। सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमेसको हत्या भएको हो।

६९ वर्षीय सांसद अमेसलाई स्थानीय चर्चमा गएको बेला २५ वर्षीय युवाले छुरा प्रहार गरेका थिए। गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेका हुन्।

प्रहरीले छुरासहित हत्यारालाई पक्राउ गरेको छ। रोयटर्स समाचार एजेन्सीका अनुसार चर्चमा आफ्नो क्षेत्रका जनतासँग कुरा गरिरहेको बेला सांसदमाथि आक्रमण भएको हो।

करिब चार दशकदेखि बेलायतमा सांसद रहँदै आएका अमेसमाथिको आक्रमणको कारण खुलेको छैन। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .