ad ad

ग्लोबल


दुर्गा मूर्ति विसर्जनमा हिँडेकामाथि कुदाइयो गाँजा बोकेको कार, एकको मृत्यु

दुर्गा मूर्ति विसर्जनमा हिँडेकामाथि कुदाइयो गाँजा बोकेको कार, एकको मृत्यु

नेपालखबर
असोज २९, २०७८ शुक्रबार १९:४४, काठमाडौँ

भारतको छत्तीसगढ राज्यस्थित जशपुर जिल्लामा दुर्गा प्रतिमा विसर्जनको तयारीमा जुटेका श्रद्धालुलाई तीव्र गतिको एउटा कारले कुल्चिँदा एकजनाको ज्यान गएको छ।

यस घटनामा १५ भन्दा धेरै मानिस घाइते भएका छन्। गम्भीर घाइतेहरूको छिमेकी जिल्लास्थित रायगढमा भर्ती गरिएको छ।

एक प्रत्यक्षदर्शीका अनुसार कारले प्रतिमा विसर्जनका लागि निस्केको धार्मिक र्‍यालीमा सहभागीलाई कुल्चेको हो। एक व्यक्तिलाई कुल्चिएपछि भीडले त्यसलाई पछ्याउँदा अन्य मानिसमाथि पनि कुदाइएको हो। 

छत्तीसगढका मुख्यमन्त्री भुपेश बघेलले ट्विट गरेर दोषीलाई तुरुन्त गिरफ्तार गरिएको बताउँदै थप कारबाहीका लागि जाँच आदेश दिएका छन्। 

यस घटनापछि भीडले कारमा सवार दुईजनालाई पक्रेको थियो। उनीहरुलाई प्रहरीले हिरासतमा लिइसकेको छ। दुवै आरोपी २६ वर्षीय शिशुपाल साहु र २१ वर्षीय बब्लु विश्वकर्मा रहेका छन्। उनीहरु दुवैजना मध्यप्रदेशको सिंगरौलीका बासिन्दा हुन्। 

यसैबीच जिल्लाका पुलिस अधीक्षकले पत्थलगाउँ इलाकाका एक एएसआईलाई निलम्बन गरेका छन्।

पुलिसका एक अधिकारीका अनुसार यस घटनामा सामेल कारमा गाँजा लगिँदैथियो। दुर्घटनापछि आरोपीले नै केही पर पुगेर कारमा आगो लगाएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .