ad ad

ग्लोबल


तालिबानको धम्कीपछि पाकिस्तानले रोक्यो काबुल उडान

तालिबानको धम्कीपछि पाकिस्तानले रोक्यो काबुल उडान

नेपालखबर
असोज २९, २०७८ शुक्रबार ९:६, काठमाडौँ

पाकिस्तानको सरकारी ध्वजाबहाक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले अफगानिस्तानको काबुल उडान बन्द गरेको छ। 

तालिबान अधिकारीले हस्तक्षेप गरेको बताउँदै पीआईएले काबुल उडान स्थगित गरेको शुक्रबार जनाएको छ।

तालिबान सरकारले पीआइएलाई यसअघिको सरकार ढल्नुअघिकै भाडा दर घटाउन दबाब दिएपछि एयरलाइन्सले सेवा स्थगित गरेको हो। 

पीआईए अफगानिस्तानको राजधानी काबुलबाट अन्तर्राष्ट्रिय उडान भर्ने एक मात्रै एयरलाइन्स थियो।

‘काबुलका उड्यन प्राधिकरणका अव्यवसायिक अधिकारीहरुको व्यवहारले हाम्रो उडानमा बारम्बार प्रभावित हुने गरेको थियो,’ पीआईए प्रवत्ता अब्दुल्लाह हफेज खानले भनेका छन्। 

अवस्था सामान्य नहुन्जेल काबुल-इस्लामावाद उडान नहुने उनले बताए। उडान सञ्चालनमा तालिवान अधिकारीहरु असहयोगी बनेको बताउँदै उनले त्यहाँका लडाकुले पीआईएका कर्मचारीलाई दुर्व्यबहार गरेको पनि पाकिस्तानको आरोप छ। 

यसअघि तालिबानले भाडदर समायोजन नगरे पीआईए र अफगानिस्तानको विमान सेवा काम एयरको उडानमा रोक्ने चेतावनी दिएको थियो ।

काबुलदेखि अन्य अन्य अन्तर्राष्ट्रिय उडान बन्द भएपछि इस्लामावादबाट काबुलसम्मको हवाई टिकट एजेन्टले २५ सय डलरसम्म बेचेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .