ad ad

ग्लोबल


पाकिस्तान एयरलाइन्सलाई प्रतिबन्ध लगाउने तालिबानको चेतावनी

पाकिस्तान एयरलाइन्सलाई प्रतिबन्ध लगाउने तालिबानको चेतावनी

नेपालखबर
असोज २८, २०७८ बिहिबार १८:१, काठमाडौँ

पाकिस्तान र अफगानिस्तानबीच हवाई सेवामा अवरोध आउने जोखिम बढेको छ। 

समाचार अनुसार तालिबान चाँडै नै काम एयरवेजमाथि पाकिस्तानको प्रतिबन्धको जवाफमा पाकिस्तानी राष्ट्रिय एयरलाइन्स (पीआईए) माथि प्रतिबन्ध लगाउने तयारीमा जुटेको छ। 

जानकारी अनुसार तालिबानको कार्यवाहक सरकारले पाकिस्तान एयरलाइन्सले इस्लामावादबाट काबुलमा भइरहेको उडानको भाडा नघटाएमा प्रतिबन्ध लगाउने चेतावनी दिइसकेको छ। 

खामा प्रेसको समाचार अनुसार अफगानिस्तान नागरिक उड्डयन प्रशासनले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) र एक निजी अफगान एयरलाइन्स काम एयरले यदि तालिबानले नियन्त्रण लिनुअघिकै भाडामा जहाज नउडाए काबुलबाट इस्लामाबादका लागि उठानमा प्रतिबन्ध लाग्न सक्नेछ।

खामा प्रेसले जनाए अनुसार प्रशासनले एक विज्ञप्ति निकालेर दुवै एयरलाइन्समाथि जरिवाना लाग्ने छ भने नियम उल्लंघन गरेकोमा दण्डित गरिनेछ।

इस्लामिक एमिरेट्स अफ अफगानिस्तानले पाकिस्तानी ध्वजावाहक पीआईएले काबुलबाट इस्लामाबादका लागि प्रत्येक टिकटमा २५ सय डलरसम्म शुल्क लिन सुरु गरेको भन्दै चेतावनी दिएको छ। विज्ञप्तिमा मानिसहरुलाई नयाँ नियमको उल्लंघनको सूचना दिएर प्रशासनलाई सहयोग गर्न पनि भनिएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .