ad ad

ग्लोबल


ताइवानको १३ तले भवनमा आगो लाग्दा ४६ को मृत्यु, ७९ जना घाइते

ताइवानको १३ तले भवनमा आगो लाग्दा ४६ को मृत्यु, ७९ जना घाइते

नेपालखबर
असोज २८, २०७८ बिहिबार १७:३९, काठमाडौँ

ताइवानको काऊसुङ्ग शहरमा बिहीवार  १३ तले भवनमा भीषण आगलागी हुँदा ४६ जनाको ज्यान गएको छ। 

आगलागीमा परेर अन्य ७९ जना घाइते भएका छन्। जसमा १४ को अवस्था गम्भीर रहेको छ। दमकल विभागका अनुसार घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ।

दमकल विभागका अनुसार आगो भीषण थियो। यस भवनका अधिकांश तला जलेर खरानी भएका छन्। 

अधिकारीका अनुसार आगो बिहानै करिब ३ बजे लागेको हो। आगो लागेको कारण खुलेको छैन। घटनास्थलमा रहेका मानिसहरुले बिहानै ३ बजे विस्फोटको आवाज सुनेको बताएका छन्। 

अधिकारीहरुले सातौँ र एघारौँ तलामा मानिसहरु फसेको अनुमान गरेका थिए। तर अहिले त्यो भवन पूरै खाली गरिएको छ।

समाचार अनुसार यो भवन ४० वर्ष पुरानो हो। यो भवनको तल्लो भागमा रेस्टुरेन्ट, सिनेमा हल र बार सञ्चालनमा थिए। 

काऊसुङ्ग शहर ताइवानको दक्षिणमा अवस्थित छ।  यो तटीय शहरी केन्द्रदेखि लिएर ग्रामीण युशानसम्म करिब २ हजार ९ सय ५२ वर्ग किलोमिटरमा फैलिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .