फिलिपिन्समा उष्ण तटीय भिषणा आँधी कोम्पासुका कारण आएको बाढी र पहिरोमा परेर कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार मृतक उत्तरी फिलिपिन्स प्रान्त र लुजोन टापु नजिकै रहेको द्वीप पलावानका बासिन्दा हुन्।
आँधीका कारण विभिन्न १५ वटा क्षेत्रमा बाढी र चार क्षेत्रमा पहिरो भएको छ। जसका कारण सडक र पुलहरू नराम्रोसँग प्रभावित भएका छन्।
आँधीले लुजोन टापुको कम्तीमा तीन क्षेत्रमा १६ सय भन्दा बढी मानिसलाई विस्थापित भएका त्यहाँको वायुमण्डलीय, भूभौतिकीय र खगोलीय सेवा प्रशासनले जनाएको छ। स्थानीय समय अनुसार बिहान १० बजेतिर तूफान लुजोन टापुको उत्तरपूर्वी भागबाट आँधी सुरु भएको थियो।
स्थानीय प्रशासनका अनुसार उक्त तूफान पश्चिमतिरबाट उत्तर पश्चिमतिर २० किमी प्रति घण्टाको गतिमा थियो।
यसैबीच उत्तरी फिलिपिन्समा भारी वर्षाको कारण पहिरो र बाढी आउँन सक्ने चेतावनी त्यहाँको स्थानीय प्रशासनले दिएको छ। आँधीबेहरीले फिलिपिन्सलाई नराम्रोसँग सताइरहेको छ।
यसै वर्ष आँधीले त्यहाँ सयौंको ज्यान लिइसकेको छ भने अर्बौं डलरको नोक्सान गरेको छ। एजेन्सी
Shares
प्रतिक्रिया